Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अछामको चौरपाटीमा जिप दुर्घटना

अछाम । अछाममा जिप दुर्घटनामा परेको छ । सोमबार बिहान जिल्लाको चौरपाटी गाउँपालिका-१ स्थित बिउनी भन्ने स्थानमा से१ज ४९० नम्बर जिप दुर्घटनामा परेको हो ।

गैरिलेक बजारबाट खान्डाँडातर्फ यात्रु ल्याउन जाने क्रममा जिप दुर्घटनामा परेको प्रहरी चौकी सिउँडीले जनाएको छ । सो जिपमा चालक मात्रै रहेको बुझिएको छ ।

चालक धर्म बहादुर थापा सामान्य घाइते भएको प्रहरी चौकी सिउँडीका प्रमुख तथा सहायक प्रहरी निरीक्षक (असई) लोक बहादुर विष्टले जानकारी दिए ।

उनलाई उपचारका लागि वयालपाटा अस्पताल लिने तयारी भइरहेको उनले बताए । जिप भने पूर्ण रुपमा क्षति भएको बताइएको छ । जिप सडकबाट करिब १५० मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077