Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

सिंगापुरविरूद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले सिंगापुरविरूद्ध पहिले बलिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको हो । सिंगापुरका कप्तान अरित्र दत्तले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

एसिया कप, एसियाली खेलकुद र भर्खरै त्रिदेशीय टी-२० सिरिजमा गरेको प्रदर्शनबाट नेपाल यसपालि विश्वकपमा छनोट हुने सम्भावना बलियो रहेको आकलन गरिएको छ ।

नेपाली टिम

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, अभिनास बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077