Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिंगापुरविरुद्ध पहिलो ओभरमै नेपाललाई सफलता, करणले लिए विकेट

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट एसिया छनोटअन्तर्गत नेपालविरुद्ध सिंगापुरले पहिलो विकेट गुमाएको छ ।

सोमबार बिहान टियू क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सिंगापुरले खाता नखोल्दै एक विकेट गुमाएको हो ।

नेपालका करण केसीले सिंगापुरका अरित्र दत्त शून्यमा आउट गरे । प्रतियोगिताको पहिलो दिन आज कुल चार खेल हुनेछन् । खेलको तीन ओभर समाप्त हुँदा सिंगापुरले एक विकेट गुमाएर २१ रन जोडेको छ ।

आजदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् । प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077