Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देउराली सहकारीका थप दुई सञ्चालक सिआइबी हिरासतमा

काठमाडौं । ललितपुरको सातदोबाटोस्थित देउराली सहकारीका थप दुई सञ्चालक पक्राउ परेका छन् ।

कर्जा समितिका संयोजक राजेन्द्र खत्री तथा व्यवस्थापन दिपक केसीलाई केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले आइतबार पक्राउ गरेको हो ।

सो सहकारीका अध्यक्ष रबिन्द्र चौलागाईलाई गत महिना नै प्रहरीले पक्राउ गरिसकेको छ । सो सहकारीमा सर्वसाधरणको करिब पाँच अर्ब फसेको छ ।

प्रहरीले संगठित अपराध मुद्दामा पनि सञ्चालक तथा कर्मचारीमाथि अनुसन्धान थालेको छ । अध्यक्ष चौलागाईले धेरै ब्याजको प्रलोभनमा निक्षेप संकलन गरी हिनामिना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077