Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नेपाललाई आठौं सफलता, अभिनाशले एकै ओभरमा लिए दुई विकेट

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा सिंगापुरविरुद्ध नेपालका अभिनाश बोहराले १८औँ ओभरमा दुई विकेट लिएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको सिंगापुरका थिलिपन ओमाइदुराईलाई अभिनाशले १७.२ ओभरमा सन्दीप जोराबाट क्याच गराएका हुन् ।

सोही ओभरको चौथो बलमा अभिनाशले अन्था कृष्णालाई कप्तान रोहितकुमार पौडेलबाट क्याच गराए । योसँगै सिंगापुरले आठौँ विकेट गुमाएको छ ।

सन् २०२४ मा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि एसियाली क्षेत्रका ८ राष्ट्रबीचको खेल सोमबारदेखि नेपालमा हुन लागेको हो। छनोट प्रतियोगिताको पहिलो दिन चार खेल हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077