Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नागरिक एपमा लिंक भएको ड्राइभिङ लाइसेन्स ट्राफिक चेकिङमा देखाउन मिल्न

काठमाडौं । अब ट्राफिक चेकजाँचमा नागरिक एपबाटै सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) देखाउन मिल्ने भएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार मन्त्रिपरिषदको निर्णयअनुसार नागरिक एपमा चालकले अन्तरआवद्ध गरेको सवारी चालक अनुमति पत्रलाई चेकजाँचका क्रममा मान्यता दिन थालिएको हो ।

नागरिय एपको आधिकारीक फेसबुक पेजले पनि यसबारे जानकारी दिएको छ । नागरिक एपको फेसबुक पेजमा केहीबेर अघि लेखिएको छ–‘आदरणीय सेवाग्राहीहरु, नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौ।
यदि नागरिक एपमा तपाईको सवारी चालक अनुमति पत्र लिंक भएको छैन भने कृपया आजै लिंक गर्नुहोस्।’

यसका लागि प्रहरी प्रधान कार्यलयले मातहतका ट्राफिक कार्यालयहरुलाई परिपत्र गरिसकेको बताइएको छ । यद्यपी ट्राफिकले जाँचका क्रममा कारवाही गर्नुपर्दा भने नागरिक एपमा देखाइएको लाइसेन्सले काम नगर्ने राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ ।

https://www.facebook.com/nagarikapp/posts/370525228639270?ref=embed_post

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077