Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वडाध्यक्षलाई कुट्ने सईलाई कारबाही गर्न माग, आन्दोलनमा उत्रने चेतावनी

वीरगन्ज । वीरगन्ज महानगरपालिका-७ का वडाध्यक्ष हिराकाजी महर्जनलाई कुटपिट गरी घाइते बनाउने प्रहरीलाई कारबाही गर्न माग गरिएको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा तीन दिने अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाउँदै महानगरका ३२ वटै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले दोषी प्रहरीलाई तीनदिनभित्र कारबाही नगरिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

वडाअध्यक्ष महर्जनलाई दसैंको महाष्टमीको राति इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सन्तोष तुराहाले कुटपिट गरेर घाइते बनाएकोले उक्त घटनाको सत्यतथ्य छानबिन गरी कारबाही गर्नुपर्ने उनीहरुको माग छ । कुटपिटबाट घाइते महर्जनको आँखामा गम्भीर चोट लागेको छ।

कार्तिक ५ गते महाष्टमीका राति रेल्वेरोडस्थित हनुमान मन्दिरमा भइरहेको धार्मिक भजनकिर्तन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको र वडाध्यक्ष महर्जनले धार्मिक कार्यमा बाधा नगर्न आग्रह गरेको बताइएको छ ।

तर प्रहरी नायब निरीक्षक तुराहाले वडाध्यक्ष महर्जनलाई कुटिपट गर्नुकासाथै रातभर प्रहरी थुनामा राखेका थिए । प्रहरीले उनलाई कार्तिक ६ गते बिहान मात्र छाडेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077