Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टी-२० विश्वकप छनोट : आज नेपाल र मलेसिया खेल्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपालले मलेसियासँग खेल्दैछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो साढे १ बजे हुने छ ।

घरेलु टोली लगातार दोस्रो जितको खोजीमा मैदान उत्रदैछ । पहिलो खेलमा नेपालले हिजो सिङ्गापुरलाई आठ विकेटले पराजित गरेको थियो ।

नेपाल दोस्रो जितको खोजीमा हुँदा मलेसिया भने पहिलो जित निकाल्ने योजनामा हुनेछ। मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो। यस्तै, आज कीर्तिपुरमा बिहान ९ बजे ओमान र सिङ्गापुर खेल्नेछन् ।

यस्तै, मूलपानी क्रिकेट मैदानमा हुने खेलमा बिहान नौ बजे बहराइन र हङकङ तथा दिउँसो साढे १ बजे कुवेत र यूएई खेल्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077