Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टस हारेर मलेसियाविरूद्ध बलिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ ।

मलेसियाले टस जितेर ब्याटिङ रोज्दै नेपाललाई बलिङको निम्तो दिएको हो । नेपाली टिममा कुनै परिवर्तन गरिएको छ।

पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको नेपाल लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छ ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपालको प्लेयिङ-११ मा कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुल्शन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र अविनाश बोहरा रहेका छन् ।

मलेसियालाई पराजित गरेमा लगातार दोस्रो विजय हात पारेको नेपाल र ओमान सेमिफाइनल पुग्ने छ । नेपाली टोलीमा प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुने छैनन । एङकल दोब्रिएका कारण उनी प्रतियोगिताबाटै बाहिरिने स्थितिमा पुगेका छन् ।

सिंगापुरविरुद्ध अघिल्लो दिन टस भइसकेको अवस्थामा उनी घाइते भएका थिए र उनको स्थानमा विवेक यादवलाई नेपालको प्लेयिङ-११ मा राखिएको थियो ।

मलेसिया भने पहिलो खेलमा ओमानसँग पराजित भएको थियो। मलेसियाको टिममा भने दुई परिवर्तन गरिएको छ । खिजर हायत र रिजवान हैदरको स्थानमा आज फित्री साम र अइनुल हाफिज यातिम पहिलो रोजाइमा खेल्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077