Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप एसिया छनोटमा नेपाललाई दोस्रो सफलता

काठमाडौं । नेपालमा जारी आईसीसी टि-२० विश्वकप एसिया फाइनल छनोटको दोस्रो खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको मलेसियाले आफ्नो दोस्रो विकेट गुमाएको हो।

टस जितेर ब्याटिङ थालेको मलेसियाले ७ ओभरमा २ विकेट गुमाएर ६७ रन जोडेको छ।

नेपालका अभिनास बोहराले जुबइदीलाई २४ रनमा क्याच आउट गरे।

अर्को ‌ओभरमा नेपालले अहमद फाइजलाई ३ रनमा रनआउट गर्न सफल भयो। रनआउट भई पेभेलियन फर्किनुअघि उनले तीन रन बनाएका थिए ।

समूह 'ए' मा रहेको नेपालले सोमबार भएको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो।

नेपालले आजको खेल जिते नेपाल सेमिफाइनल पुग्नेछ। नेपालसँगै ओमान पनि समूहबाट अन्तिम चारमा पुग्नेछ। समूह चरणको आफ्नो अन्तिम खेल नेपालले ओमानसँग पर्सी खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077