Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

मलेसियाविरुद्ध नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए विरनदीपको विकेट

काठमाडौं। विश्वकप छनोटअन्तर्गत अहिले नेपालविरुद्ध ब्याटिङ गरिरहेको मलेसियाले तेस्रो विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको मलेसियाले आफ्नो तेस्रो विकेट गुमाएको हो।

मलेसियाको तेस्रो विकेट नेपाली टोलीका स्पिनर सन्दीप लामिछानेले लिएका हुन् । उनले मलेसियाका ब्याट्सम्यान विरनदिप सिंहलाई चार रनको व्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारे ।

सिंह आउट हुँदा मलेसियाले १०.१ ओभरमा तीन विकेट गुमाएर ८५ रन बनाएको छ । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा नेपाल र मलेसिया दुवैको यो दोस्रो खेल हो ।

यसअघि सोमबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले हराएको थियो । मलेसिया भने आफ्नो पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077