Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गुलशनले दिलाए नेपाललाई पाँचौ सफलता

काठमाडौं । टी–२० क्रिकेट विश्वकप छनोटमा मलेसियाविरुद्ध नेपाललाई पाँचौ सफलता मिलेको छ ।

मलेसियाको पाँचौँ विकेट गुल्सन झाले लिएका हुन् । उनले क्रिजमा जमिसकेका मलेसियाका ओपनर ब्याट्सम्यान सैयद अजिजलाई पेभेलियन फर्काए।

गुल्सनले सैयद अजिजलाई कुशल भुर्तेलद्वारा क्याच गराएका थिए । सैयद अजिजले पेभेलियन फर्किनुअघि अर्धसतकीय पाली खेलेका थिए ।

उनले ६८ रन बनाएका थिए । उनले आक्रामक ब्याटिङ गर्दै ४९ बलको सामना गरी दुई छक्का र आठवटा चौका हिर्काएका थिए ।

उनी आउट हुँदा मलेसियाले १४.४ ओभरमा एक सय २५ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077