Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नक्कली प्रहरी पुर्पक्षको लागि जेल चलान

काठमाडौं । नक्कली प्रहरी पुर्पक्षका लागि कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले ललितपुर गोदावरी नगरपालिका-६ टिकाभैरव घर भई टोखा नगरपालिका-११ भण्डारीटोल बस्ने २२ वर्षीय विश्व मल्‍ललाई अदालतले सोमबार पुर्पक्षको लागि कारागार पठाएको हो ।

उनलाई पुर्पक्षको लागि केन्द्रीय कारागार जगन्नाथदेवल चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । असोज ११ गते बिहान साढे ४ बजे उनले बाटोमा हिँडिरहेका सर्वसाधारणलाई बाटो छेकेर आफू सिभिल घुमुवा प्रहरी हुँ तलासी लिनुपर्छ भनेर नक्कली परिचयपत्र देखाएका थिए ।

सर्वसाधारणलाई दुःख हैरानी दिएको खबर पाएपछि प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मल्ललाई फेला परी पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077