विराटनगर । जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश सरकारमा सहभागी नहुने भएको छ ।
कोशीमा एकमात्र प्रदेश सांसद रहेको जसपा पहिचान पक्षधरको आन्दोलनको विषयमा सहमति नहुञ्जेल सरकारमा सहभागी नहुने भएको हो।
जसपा कोशी प्रदेश कार्यकारिणी समिति बैठकले पहिचान पक्षधरको आन्दोलनको विषयमा मुख्यमन्त्री केदार कार्कीसँग सहमति नहुञ्जेल सरकारमा सहभागी नहुने निर्णय गरेको जसपाले जनाएको छ ।
कांग्रेसका कार्कीले पार्टीका ८ प्रदेश सांसदसहित पार्टी र सत्ता गठबन्धन दलको निर्णयविरूद्ध विद्रोह गरेर एमालेको समर्थनमा असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका हुन् ।
तर विश्वासको मत लिने क्रममा कांग्रेस नेता शेखर कोइराला निकट मुख्यमन्त्री कार्कीलाई जसपालगायतका सत्ता गठबन्धन दलले कार्तिक १ गते प्रदेशसभामा विश्वासको मत दिएका थिए।