Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस नेता कोइरालाले भने - कोशीमा नयाँ अभ्यास गरियो, हेरौं कसरी अघि बढ्छ

कास्की। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसकै मन्त्रीहरुले जनताका पक्षमा काम गर्न नसकेको बताएका छन् ।

नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ को सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

नेता कोइरालाले संसदीय व्यवस्थामा प्रधानमन्त्री नै सर्वेसर्वा हुने भएकाले सरकारमा सहभागी आफ्ना पार्टीका मन्त्रीले काम गर्न नसकेको बताए ।

नेता कोइरालाले कोशीमा नयाँ राजनीतिक अभ्यास गरिएको बताए। कोइराला पक्षका कोशीका आठ जना कांग्रेस सांसदहरूले नेकपा एमालेसँग मिलेर केदार कार्कीलाई मुख्यमन्त्री बनाएका थिए।

कांग्रेसकै केही नेताले नेकपा माओवादी केन्द्रका नेताहरूसँग कोशीमा माओवादीकै इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन भनेपछि नयाँ अभ्यास गर्नु परेको कोइरालाले बताए।

नेता कोइरालाले भने,‘कांग्रेसका नेताहरू नै माओवादी सामु गएर तिम्रो पार्टीको यो मानिसलाई मुख्यमन्त्री बनाऊँ भनेकोले कोशीमा नयाँ राजनीतिक अवस्था सिर्जना हुन पुग्यो । कांग्रेसकै नेताले मुख्यमन्त्री माओवादीलाई दिने कुरा कसरी हामीले मान्न सकिन्छ ? कोशीमा नयाँ अभ्यास गरियो, हेरौं कसरी अगाडि बढ्छ।’

तर केन्द्रमा भने अहिलेकै गठबन्धन जारी रहने उनले बताए। कोशीमा अहिलेसम्म कांग्रेस र एमालेबाट मात्रै मन्त्री छन्। मुख्यमन्त्री कार्कीलाई राप्रपाबाहेक दलले विश्वासको मत दिएका थिए।

कांग्रेसले आफ्नो सिद्धान्त त्यागेर व्यवहारवादी राजनीतिमा लागेकोले पार्टी कमजोर बनेको कोइरालाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077