Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेताहरुले देश बेच्न खोजे, तर काठमाडौं महानगर बिक्रीमा छैन् : बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले १७ वटा नगरपालिकाले कुनै निजी कम्पनीको पैसा खाएर बसाएको बैठक आफूले बहिस्कार गरेको बताएका छन् ।

बुधबार राति सामाजिक सञ्जालमार्फत मेयर बालेनले यस्तो बताएका हुन् ।

मंगलबार काठमाडौंमा भएको बैठक बहिस्कार गर्दै बैठकको सभापतित्व गरेका ललितपुरका मेयर चिरिबाबु महर्जनको अपमान गरेको भन्ने समाचार सार्वजनिक भएपछि बालेनले मुख खोलेका छन् । उनले आफूले कसैको अपमान नगरेको समेत बताए ।

“नेताज्यूहरुले त देश नै बेच्न खोजिसक्नुभएको तर काठमाडौं महानगर बिक्रीमा छैन । तपाईंहरुले पूरै देश बेच्नुभयो भने पनि काठमाडौं एक्लै भए पनि नेपाल भनेर उभिनेछ,” उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077