Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घटुवाबाट जोगियो राष्ट्रिय मानव अधिकार आयोग, ‘क’ श्रेणीमै रहने

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी यथावत् रहने भएको छ ।

मानव अधिकार आयोग ऐन पेरिस सिद्धान्तबमोजिम हुनुलाई मुख्य आधार बनाएर नेपालको राष्ट्रिय मानव अधिकार आयोगलाई ए ग्रेडमै राखिएको हो ।

मानवअधिकारको विश्वव्यापी एलायन्सले तह घटुवाको चेतावनी दिएको थियो।

पदाधिकारी नियुक्ति गर्दा बृहत् रूपमा सार्वजनिक आह्वान गर्ने, सरोकारका सबै क्षेत्रसम्म जानकारी पुर्‍याउने, व्यापक परामर्शसहित मापदण्ड बनाएर सिफारिश गरिनुपर्ने र आयोगलाई पर्याप्त बजेट उपलब्ध गराउनु पर्ने शर्त राखेर आयोगलाई ए ग्रेडमै राखिएको हो ।

आयोगको श्रेणी घटुवा हुने खतरा बढेसँगै गत कात्तिक २ गते सरकारले आयोगसम्बन्धी कानुन बनाउन सैद्धान्तिक सहमति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077