Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पूर्व इन्स्पेक्टरसहित ९ जना जुवाखालबाट पक्राउ, ३३ हजार बरामद

    पूर्व इन्स्पेक्टरसहित ९ जना जुवाखालबाट पक्राउ, ३३ हजार बरामद

    अनलाइन नेपाल
  • बुधबार, १५ कार्तिक २०८०
  • 2.1K
    SHARES

    कैलाली । कैलालीमा पूर्व प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित ९ जना जुवाखालबाट पक्राउ परेका छन् । बुधबार जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक गंगादत्त बडुको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई धनगढी उपमहानगरपालिका-१ स्थित साथीभाई होटलबाट पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-२ बस्ने ५२ वर्षीय प्रेमसिंह खड्का, वडा नम्बर ५ बस्ने ४६ वर्षका पवन पन्त, सोही ठाउँका ४२ वर्षका हेमराज जोशी, धनगढी-३ बस्ने ४० वर्षका लक्ष्मीराज जोशी, धनगढी-४ बस्ने ३६ वर्षका जितेन्द्र भट्ट, धनगढी-८ बस्ने ४६ वर्षका गणेश दाहाल, धनगढी-५ बस्ने ५९ वर्षका महेन्द्रसिंह खड्का, धनगढी-३ बस्ने ३६ वर्षका धर्म बोगटी र डोटी शिखर नगरपालिका-३ बस्ने ५१ वर्षका रमेश कडायत रहेका छन् ।



    जिल्ला प्रहरी कार्यालय कैलालीका का अनुसार होटलमा जुवातास भइरहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका मध्ये प्रेमसिंह खड्का पूर्व प्रहरी निरीक्षक (इन्सपेक्टर) रहेको खुलेको छ ।



    उनी जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत रहेकै बेला रिटायर्ड भएका पूर्व इन्सपेक्टर रहेको उनले बताए । उनीहरुको साथबाट नगद ३३ हजार ८५५ र ३ गड्डी तास पनि बरामद गरिएको छ । उनीहरुलाई थुनामा राखेर थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार