Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओमानविरुद्ध नेपालको घातक बलिङ : गुल्सनले तेस्रो र सोमपालले लिए चौथो विकेट

काठमाडौँ । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत नेपाल र ओमानबीच समूहगत चरणको खेल जारी छ । नेपालले टस जितेर ओमानलाई पहिलो ब्याटिङको निम्तो दिएको छ ।

पहिले ब्याटिङ गरेको ओमानले आफ्नो चौथो विकेट गुमाएको छ । ओमानको चौथो विकेट सोमपाल कामीले लिएका हुन् । उनले ओमानका पाँचौँ नम्बरका ब्याट्सम्यान सोएब खानलाई शून्य रनमै बोल्ड गरेका थिए ।

सोमपालले लिएको यो दोस्रो विकेट हो । यस्तै ओमानको तेस्रो विकेट गुल्सन झाले लिएका हुन् ।

उनले ओमानका ओपनर ब्याट्सम्यान प्रतीक अथावालेलाई २४ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् । गुल्सनले प्रतीकलाई कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077