Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सन्दीपले लिए एकै ओभरमा लगातार दुई विकेट

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध छैटौँ विकेट लिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा लेग स्पिनर सन्दीप लामिछानेले लगातार पाँचौ र छैटौँ विकेट लिएका हुन् । सन्दीपले चौथो ओभरको दोस्रो बलमा आयान खानलाई १८ रनमा आउट गरे ।

सन्दीपले नै त्यही ओभरको तेस्रो बलमा मेहहान खानलाई शुन्य रनमा नै आउट गरे । यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेका दुवै टोली समूह विजेता बन्नका लागि खेल्दै छन् ।

यो खेलको विजेताले समूह ‘ए’ को विजेता बन्दै समूह ‘बी’ को उपविजेतासँग सेमिफाइनल खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077