Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालले गुमायो पहिलो विकेट, आसिफ ५ रनमै आउट

काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटमा ओमानविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।

आसिफ शेख मात्र ५ रन बनाएर आउट भएका हुन् । अघिल्लो ओभरको अन्तिम बलमा छक्का हान्ने प्रयास गर्दा क्याच ड्रप भएर आसिफले जीवनदान पाएका थिए ।

तर, यसलाई उनले सदुपयोग गर्न सकेनन् । नेपालले १३ रन बनाएको छ । यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा १ सय ४५ रन बनाएको थियो ।

आजको खेलले समूह एको विजेता चयन गर्नेछ । समूहबाट दुवै टोली सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न सोमपाल कामीलाई पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077