Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओमानविरूद्ध नेपाललाई चौंथो झड्का, रोहित पौडेल आउट

काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटमा ओमानविरुद्धको खेलमा नेपालले चौंथो विकेट गुमाएको छ ।

चौथो विकेटकारुपमा कप्तान रोहित पौडेल आउट भएका छन् । ओमानविरुद्धको खेलमा १२ बल खेल्दै १२ रन बनाएर कप्तान पौडेल आउट भएका हुन् ।

यससँगै, ८ ओभरमा ४ विकेटको क्षतीमा नेपालले ५६ रन बनाएको छ । नेपालले यतिबेला ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याइरहेको छ ।

यसअघि, २६ रन बनाउँदै ओपनर कुशल भुर्तेल आउट भइसकेका छन् । यस्तै, ५ रन बनाएर आसिफ पेभेलियन फर्किँदा सोमपालले १२ रन मात्रै बनाउन सके ।

त्यसअघि समूह ‘ए’ विजेताको टुंगो लाग्ने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको ओमानले ९ विकेटको क्षतिमा १४५ रन जोड्यो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077