Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सत्ता गठबन्धन कमाउनमै केन्द्रित भयो : अर्जुननरसिंह केसी

नुवाकोट । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सत्ता गठबन्धन कमाउनमै केन्द्रित भएको आरोप लगाएका छन् ।

नुवाकोटको कोल्पुटारस्थित केउरिनीमा बुधबार आयोजित कार्यक्रममा बोल्दै नेता केसीले यस्तो बताएका हुन् । नेता केसीले जताततै भ्रष्टाचारले जरा गाडेर देश संकटमा परेको दाबी गरे।

नेता केसीले देशमा हाल विकास निर्माण, सेवाग्राहीको काम, सिफारिसलगायत सबै क्षेत्रमा अनियमितता बढेको दावी गरे । उनले भ्रष्टाचारका कारण देश आर्थिक संकटमा परिरहेको बताए।

देशमा सरकारले आर्थिक सन्तुलनलाई नियन्त्रण गर्न नसक्दा काठमाडौंकासमेत ४० प्रतिशत पसलहरु बन्द भइसकेको बताए। देशमा आर्थिक संकट बढ्दा युवा शक्ति पलायन भइरहेको, सम्भावना र अवसरलाई सरकारले पस्किन नसक्दा जनताको नजरमा वितृष्णा र विरोध मात्रै बढेको बताए ।

उनले हरेक क्षेत्रमा भ्रष्टाचारका कारण मुलुक समस्यामा परेको अवस्थामासमेत गठबन्धनको सरकारले देशलाई सन्तुलनमा राख्न नसकेको नेता केसीले बताए। उनले आफ्नै दल नेपाली कांग्रेसको नेतृत्वप्रति असहमति जनाउँदै विधि, प्रक्रिया र लोकतन्त्रको मर्मलाई भुलेको आरोप लगाए।

उनले आफू भ्रष्टाचार नियन्त्रण अभियानमा केन्द्रीत रहेको दावी गर्दै देशमा भ्रष्टाचारले देशको विधिनै सकिने पनि खुलासा गरे । अहिले लुट र भ्रष्टाचारलाई सरकारले संरक्षण गरिरहेको पनि नेता केसीको आरोप छ ।

सत्तारुढ गठकन्धन दलकै सांसदसमेत रहेका नेता केसीले वर्तमान सरकारले राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशलाई सन्तुलनमा राख्न नसकेकोसमेत बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077