Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

समूह चरणको अन्तिम खेलमा ओमानसँग नेपाल ५ रनले पराजित

काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटमा ओमानविरुद्धको खेलमा नेपाल पराजित भएको छ ।

बिहीबार भएको खेलमा ओमानसँग ५ नेपाल रनले पराजित भएको हो ।

१ सय ४६ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय ४० रन जोड्यो ।

अन्तिम ‌ओभरमा नेपाललाई २६ रन चाहिएको थियो । नेपालका कुशल भुर्तेलले २६ र विवेक यादवले ३९ रन बनाए।

रोहित पौडेल, सन्दीप जोरा र सोमपाल कामी समान १२ रन बनाएर आउट भए। आसिफ शेखले ५ रन मात्र जोड्न सके ।

गुल्सन झाले ३ रन बनाए । नेपाल समूह उपविजेताका रूपमा सेमिफाइनल पुगेको छ । ओमान समूह विजेता बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077