Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • पुराना दलहरु बेठीक भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ : रमेश लेखक

    पुराना दलहरु बेठीक भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ : रमेश लेखक

    अनलाइन नेपाल
  • बिहिबार, १६ कार्तिक २०८०
  • 387
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संविधान असफल गर्ने छुट कसैलाई नभएको बताएका छन् ।

    बिहीबार संघीय संसदको चालु अधिवेशनको अन्तिम दिन प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सचेतक लेखकले यस्तो बताएका हुन् ।



    सचेतक लेखकले भने, ‘यो संविधान धेरै ठूला क्रान्ति र बलिदानहरूको ७० वर्ष लामो ठूलो राजनीतिक यात्राबाट प्राप्त भएको संविधान हो । यतिका संविधान असफल भइसकेको अवस्थामा यो संविधान पनि असफल हुने स्थिति आयो भने मुलुकलाई राम्रो गर्दैन । त्यसैले यो संविधानलाई सफल गर्नुछ । यसलाई सफल बनाउनको लागि लोकतान्त्रिक मूल्य र मान्यताको परिधिमा बसेर संवाद, सहमति र सहकार्यको संस्कृतिको विकास गर्नुपर्छ ।’



    उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र नेपालको संविधान २०७२ ल्याउने दलहरु बेठीक भन्ने भाष्य निर्माण गर्न खोजिएको बताए ।

    उनले संविधान कार्यान्वयनका लागि आवश्यक कानुनहरु बनाउन नसक्दा गणतन्त्र र संविधानविरुद्ध प्रायोजित रुपमा धारणा राख्नेहरुलाई बल पुगेको टिप्पणी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार