Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रतिपक्षले सदन अवरोध गरेर मात्रै हुँदैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्ष दल एमालेलाई रचनात्मक भूमिका निर्वाह गर्न सुझाव दिएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष नेपालले सरकारले गरेको राम्रो कामलाई राम्रो भन्न सक्नुपर्ने बताएका हुन्।

अध्यक्ष नेपालले सरकारलाई मात्र दोष दिएर उम्कन नमिल्ने भन्दै भने, ‘सरकारलाई मात्रै दोष दिएर हुँदैन प्रतिपक्षले पनि आफूभित्रको कमजोरी हेर्नुपर्छ ।सरकारको गरेको कामलाई राम्रो भन्न सक्नुपर्छ । त्यसैलाई रचनात्मक विपक्ष भनिन्छ । पीडा पोखेर, धारे हात लगाएर सदन अवरोध गरेर मात्रै हुँदैन, हामीले जनताको आवाजलाई प्रष्फुटित गर्नको लागि तीनवटै मोर्चामा लाग्नुपर्छ ।’

उनले एमालेले सत्ताबाट हट्नुपर्ने पीडाले सदनलाई अवरोध गरेर सरकारलाई असहयोग गर्नेगरी व्यक्त गर्ने काम गरेको भन्दै त्यसले जनतालाई असर गर्ने बताए । उनले अहिले देखिएको समस्या समाधान गर्नको लागि सरकारको ध्यानाकर्षण समेत जनाए ।

उनले नेपालको राजनीतिमा जीवन समपर्ण गरेका व्यक्ति राष्ट्रपति भएकोमा पीडा भएको हो ? भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै देश सञ्चालन गर्ने कुरामा पीडा भएको हो भने राजनीतिमा विकल्पहरु दिन चुनौती दिए ।

उनले देखिसकेको र भोगिसकेको भन्दै नेपाललाई अँध्यारो युगमा फर्काउने कोसिस नगर्न चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077