Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चिनीको अभाव हुन नदिन प्रहरीले गर्‍यो सम्पूर्ण इकाइहरुलाई सक्रिय परिचालन

काठमाडौं । नेपाल प्रहरीले चिनीको अभाव हुन नदिन प्रहरीको सम्पूर्ण इकाइहरुलाई सक्रिय परिचालन गरेको छ ।

तिहारको मुखमा बजारमा कृत्रिम अभाव सृजना गरी चिनीको अभाव भएको जनगुनासो आएपछि प्रहरीले सम्पूर्ण इकाइहरुलाई सक्रिय परिचालन गरेको हो ।

यस्तै प्रहरीले चिनीको कृत्रिम अभाव सिर्जना गरेको पाइएमा प्रहरीको निःशुल्क हटलाइन १०० मा सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रहरीले बिहीबार एक सूचनामार्फत चिनीको कालोबजारी, जम्माखोरी वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा त्यसको सूचना हेलो सरकार, प्रहरीको निःशुल्क हटलाइन १०० वा नेपाल प्रहरीको आधिकारिक सामाजिक सञ्जालमा जानकारी दिन आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077