Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • अवैध रूपमा ल्याइएको १० क्विन्टल चिनी बरामद

    अवैध रूपमा ल्याइएको १० क्विन्टल चिनी बरामद

    अनलाइन नेपाल
  • बिहिबार, १६ कार्तिक २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काभ्रे । काभ्रेमा अवैध रूपमा ल्याइएको चिनी बरामद गरिएको छ । बिपि राजमार्ग हुँदै काठमाडौं आउँदै गरेका यात्रु बोक्ने सवारी साधनमा लुकाएर ल्याएको चिनी काभ्रे प्रहरीले बरामद गरेको हो ।

    प्रहरीले यस रुट भएर चल्ने गाडीमा अवैध रूपमा चिनी भित्रिरहेको सूचनाका आधारका जाँच गर्ने क्रममा १० क्विन्टल चिनी बरामद गरेको जनाएको छ ।



    पाँच किलो, १० किलो, १५ किलो लगायत स–साना पोकामा रहेको चिनी पनि प्रहरीले बरामद गरेको छ ।



    बिहीबार जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको टोलीले विभिन्न सवारीबाट १० क्विन्टल चिनी बरामद गरेको छ ।

    चिनी ल्याउने व्यक्तिको पहिचान नभएको र बरामद गरिएको चिनी राजस्व विभाग पठाइने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार