Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • महँगोमा चिनी बेच्नेलाई कारबाही

    महँगोमा चिनी बेच्नेलाई कारबाही

    अनलाइन नेपाल
  • सोमबार, २० कार्तिक २०८०
  • 501
    SHARES

    काठमाडौं । सरकारले चिनीको कृत्रिम अभाव सिर्जना गरेर महँगोमा बिक्री गर्नेलाई कारबाही गर्ने सुरु गरेको छ ।

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले शनिबार चिनीको कृत्रिम अभाव सिर्जना गरेर प्रतिकेजी १६० रुपियाँ लिने दुई वटा पसललाई कारबाही गरेको हो ।



    विभागका निर्देशक आनन्दराज पोखरेलले बजारमा चिनी पर्याप्त आइसकेकाले प्रतिकेजी चिनीको ११५ रुपियाँभन्दा बढी लिनेलाई कानुन अनुसार कारबाही गरिएको जानकारी दिए ।



    नेपाली उद्योगीसँग विभिन्न पेय पदार्थ उत्पादन कम्पनीले खरिद गरेर राखेको छ हजार मेट्रिक टन चिनी देशभरका बजारमा गइसकेकाले अब अभाव नहुने उनको भनाइ छ । बजारमा पर्याप्त चिनी आइसकेको र अब पनि विभिन्न बहाना बनाएर महँगो लिएमा कारबाही हुने निर्देशक पोखरेलको भनाई छ ।

    चिनीको कालो बजारी, जम्माखोरी वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा त्यसको सूचना हेलो सरकार, प्रहरीको निःशुल्क हटलाइन १०० वा नेपाल प्रहरीको आधिकारिक सामाजिक सञ्जालमा जानकारी दिन आग्रह गरिएको नेपाल प्रहरीले जनाएको छ । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार