Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • नेपाललाई २५ हजार मेट्रिक टन चिनी दिने भारतको निर्णय

    नेपाललाई २५ हजार मेट्रिक टन चिनी दिने भारतको निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, १७ कार्तिक २०८०
  • 2K
    SHARES

    काठमाडौं । भारत सरकारले हाल नेपाललाई २५ हजार मेट्रिक टनसम्म चिनी आयात गर्न अनुमति दिएको छ ।

    भारतको कृषि मन्त्रालयले हालै गरेको निर्णय अनुसार नेपाललाई उक्त परिमाण बराबरको चिनी निर्यात गर्ने अनुमति दिएको हो ।



    यसअघि भारतले चिनी निर्यातमा प्रतिबन्ध लगायकाले बजारमा चिनी अभाव भएको थियो । विश्वको सबैभन्दा ठूलो चिनी उत्पादक मुलुक भारतले नै उत्पादनमा कमी आएको भन्दै अन्य मुलुकमा निर्यात गर्न रोकेको थियो ।



    भारतले ३–४ महिनाअघिदेखि चिनीको निर्यातमा प्रतिबन्ध लगाएको थियो । अब भारतबाट जिटूजीबाट चिनी आएपछि कालोबजारी घट्नुका साथै महँगी र अभाब हट्ने विश्वास गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार