Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • १३ क्विन्टल चिनीसहित एकजना पक्राउ

    १३ क्विन्टल चिनीसहित एकजना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २२ कार्तिक २०८०
  • 903
    SHARES

    नुवाकोट । नुवाकोटको आप्रहबाट चिनी र युरिया मल बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटले चालक र गाडीलाई नियन्त्रणमा लिएको हो ।

    पन्चकन्या गाउँपालिका २ कबिलासको आप्रहमा ग१ख ९१४६ नं. को आइचर ट्रकले ठोरी पर्साबाट अवैधरूपमा ल्याएको चिनी र युरिया मल विक्री वितरण गर्दै गरेको सूचना आएपछि प्रहरीले २६ बोरा चिनी, अवैध युरिया मल १ बोरासहित नियन्त्रणमा लिएको हो ।



    इलाका प्रहरी कार्यालय खरानीटारबाट खटिएको प्रहरी टोलीले अवैध चिनी र मलसहित उक्त गाडी र चालक दीपेश मानन्धरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।



    सो बरामद चिनी १३ क्विन्टल रहेको प्रहरीले जनाएको छ । बरामद सामान, गाडी र सवारी चालकलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार