Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पाँचखालमा आगलागी हुँदा चारवटा पसलमा क्षति

    पाँचखालमा आगलागी हुँदा चारवटा पसलमा क्षति

    अनलाइन नेपाल
  • शुक्रबार, १७ कार्तिक २०८०
  • 537
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका ४ समाज कल्याण चोकस्थित उद्धवप्रसाद तिमल्सिनाको घरमा आगलागी भएको छ ।

    शुक्रबार बिहान सवा ६ बजे विद्युत सर्ट भएर तिमल्सिनाको घरमा आगलागी भएको हो ।



    जिल्ला प्रहरी प्रहरी कार्यालय काभ्रेका अनुसार आगलागीमा परेर तिमल्सिनाको घरमा रहेका ४ वटा कपडा पसल, ३ वटा होटल, एउटा मोबाईल पसल र एउटा मासु पसल जलेका छन् ।



    नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयको सहयोगमा करिब ४५ मिनेटपछि आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीमा कुनै मानवीय क्षति भने भएको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार