Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

    प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

    अनलाइन नेपाल
  • शुक्रबार, १७ कार्तिक २०८०
  • 564
    SHARES

    काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरेर गए राति स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी सीताराम खड्काले स्वागत गरेका हुन् ।

    प्रधानसेनापति शर्मा बेइजिङमा आयोजना भएको बेइजिङ झिङसान फोरम समुद्घाटन समारोहमा सहभागी भएका थिए । बेइजिङमा उनी र चिनियाँ जनमुक्ति सेना, सिएमसीका चिफ अफ स्टाफ जनरल लिउ झेनलीबीच भेटवार्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।



    भ्रमणका क्रममा प्रधानसेनापति शर्माले सियान सिटी, साङ्घाई र ग्वाङ्झाउमा अवस्थित चिनियाँ जनमुक्ति सेनाका विभिन्न एकाइ तथा शिक्षण संस्थाको भ्रमण गरेका थिए ।



    भ्रमण दलमा मध्यपूर्वी पृतनापति उपरथी प्रेमध्वज अधिकारी र प्रधानसेनापतिको सैनिक सहायक तथा स्टाफ अधिकृत रहेका थिए । प्रधानसेनापति शर्मा यही कात्तिक १० गते बेइजिङ प्रस्थान गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार