Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सोमपालले दिलाए नेपाललाई दोस्रो सफलता, ओपनर मोहमद वासिम आउट

काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनल खेल नेपाल र यूएईबिच मुलपानी क्रिकेट मैदानमा भइरहेको छ ।

यूएईले टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लिएको छ । पहिले ब्याटिङ गर्न आएको यूएईले लगातार आफ्नो पहिलो र दोस्रो विकेट गुमाएको छ ।

यूएईले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान खालिद शाहलाई गुमाएको हो । उनी तीन रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्किए ।

उनलाई सोमपाल कामीले रन आउट गराएका हुन् । उनी आउट हुँदा यूएईले ३.१ ओभरमा २९ बनाएको छ ।

त्यसलगत्तै यूएईको दोस्रो विकेटका रुपमा ओपनर मोहमद वासिम पेभेलियन फर्किएका हुन् । कप्तान समेत रहेका वसिम २६ रन बनाउँदै आउट भए ।

उनलाई सोमपाल कामीले करण केसीद्वारा क्याच गराएका हुन् । वसिमले १६ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काए ।

उनी आउट हुँदा यूएईले ३.३ ओभरमा ३० रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077