Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

युएईविरूद्ध सन्दीपले लिए तेस्रो विकेट, आसिफ खान आउट

काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटको सेमिफाइनलमा युएईले तीन विकेट गुमाएको छ।

मुलपानी मैदानमा टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गरिरहेको युएईले तीन विकेट गुमाएको हो ।

नेपालका लागि तेस्रो विकेट सन्दीप लामिछानेले लिएका छन्। उनले आसिफ खानलाई १३ रनमा एलबिडब्लूको धरापमा परेका छन्।

युएईले १० ओभरमा तेस्रो विकेट गुमाउँदा ६२ रन जोडेको स्थिति छ। युएईका दुवै ओनपर आउट भइसकेका छन्।

चौथो ओभरको पहिलो बलमा सोमपाल कामीले युएईका ओपनिङ ब्याटर खालिद शाहलाई ३ रनमा रनआउट गरेका छन्।

सोमपालले सोही ओभरको चौथो बलमा मोहमद वासीमलाई २६ रनमा करण केसीबाट आउट गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077