Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाललाई चौथो सफलता, कुशलले लिए शराफुको विकेट

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा नेपालले यूएईको ४ विकेट लिएको छ।

यूएईका अलिसान शराफुलाई कुशल मल्लले आउट गरेका हुन्। मल्लको बलमा सोमपाल कामीले क्याच लिएका थिए।

यसअघि सन्दीप लामिछानेले आसिफ खान, सोमपाल कामीले मुहम्मद वासिम र खालिद साह रनआउट भएका थिए।

टी-२० विश्वकपको एसिया क्वालिफार्यसअन्तर्गत मुलपानीमा भइरहेको खेलमा युएईले १४ ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा ९० रन बनाएको छ।

यतिबेला यूएईले ४ ओभरमा ३१ रन बनाएर खेलिरहेको छ। नेपालले माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर फिल्डङको निम्तो पाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077