Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कप्तान रोहितले लिए युएईका नासीरको विकेट

काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटको सेमिफाइनलमा युएईले पाँचौ विकेट गुमाएको छ।

नेपालका लागि कप्तान रोहित पौडेलले पाँचौ विकेट लिएका हुन्। उनले मुलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको युएईका अली नासीरलाई ४ रनमा कुशल भुर्तेलबाट क्याच गराए।

त्यतिबेला युएईले १५।५ ओभरमा ५ विकेटको क्षतिमा १०० रन जोडेको थियो।नेपालका लागि कुशल मल्लले चौथो विकेट लिए। उनले अलिशान सराफुलाई १६ रनमा सोमपाल कामीबाट आउट गरे।

त्यसअघि नेपालका लागि तेस्रो विकेट सन्दीप लामिछानेले लिए। उनले आसिफ खानलाई १३ रनमा एलबिडब्लूको धरापमा परे। युएईका दुवै ओनपर आउट भइसकेका छन्।

चौथो ओभरको पहिलो बलमा सोमपाल कामीले युएईका ओपनिङ ब्याटर खालिद शाहलाई ३ रनमा रनआउट गरेका छन्।

सोमपालले सोही ओभरको चौथो बलमा मोहमद वासीमलाई २६ रनमा करण केसीबाट आउट गरे। यो खेलको विजेता सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077