Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालले गुमायो दोस्रो विकेट, २२ रन बनाएर गुल्सन आउट

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट छनोट खेलको सेमिफाइनलमा युएईविरुद्ध खेलिरहेको नेपालीले दोस्रो विकेट गुमाएको छ ।

यूएईले दिएको १३५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली नेपालले आफ्नो दोस्रो विकेट गुमाएको हो ।

दशौं ओभरमा नेपालका गुल्सन झा २२ रन बनाएर आउट भए । २४ बल खेलेका उनले ३ चौकाको मद्दतमा २२ रन बनाएका थिए ।

यसअघि नेपालले ओपनर कुशल भुर्तेललाई ११ रनमा गुमाएको थियो । अहिले क्रिजमा आसिफ शेखलाई साथ दिन कप्तान रोहित पौडेल आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077