Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बहराइनलाई हराउँदै ओमान टी-२० विश्वकपमा छनोट

काठमाडौं । बहराइनलाई हराउँदै ओमान टी-२० विश्वकपमा छनोट भएको छ।

बहराइनलाई १० विकेटले पराजित गर्दै ओमान आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा छनोट भएको हो।

बहराइनले पहिले ब्याटिङ गर्दै ओमानलाई १०७ रनको सामान्य लक्ष्य दिएको थियो ।

ओमानले विनाविकेट क्षति १४.१ ओभरमा नै लक्ष्य भेट्यो । यो जितसँगै ओमान विश्कप क्वालिफायरको फाइनलमा प्रवेश गरेको छ ।

अहिले जारी नेपाल र यूएईको म्याचको विजेतासँग ओमानले फाइनले खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077