Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यूएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौं। आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत भइरहेको सेमिफाइनलमा यूएईविरुद्ध आसिफ शेखले अर्धसतक पूरा गरेका छन्।

आसिफले ३९ बलमा अर्धसतक पुरा गरेका हुन्। नेपालले १३ ओभरमा २ विकेट गुमाएर ९३ रन जोडेको छ।

प्रारम्भिक ब्याट्सम्यान आसिफले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग २६ र दोस्रो विकेटका लागि गुल्सन झासँग ४१ रनको साझेदारी गरे।

टी-२०आईमा यो आसिफको चौथो अर्धशतक हो। यसअघि उनले तीन अर्धशतक प्रहार गरिसकेका छन्।

युएईले दिएको १३५ रनको लक्ष्य पछ्याइरहरेको नेपालले २ विकेटको क्षतिमा ९३ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077