Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मुलपानीमा क्रिकेट क्रेज : तस्वीरमा हेर्नुहोस् यूएईमाथि नेपालको जित

काठमाडौं । नेपाल आईसीसी टी–२० विश्वकपमा छनोट भएसँगै क्रिकेटमा उत्साह छाएको छ ।

नेपालले यूएईविरुद्धको एसिया क्षेत्रको सेमिफाइनल खेल ८ विकेटले जित्दै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि नेपाल छनोट भएको हो ।

१ सय ३५ रनको विजय लक्ष्य नेपालले १७ ओभरमै पूरा गर्‍यो । आसिफ अविजित ६३ बनाउँदै नेपाललाई महत्त्वपूर्ण खेलमा विजय दिलाए ।

आसिफले ३९ बलमै आफ्नो चौथो अर्धशतक पूरा गरेका थिए । उनले कुल ५० बल खेली ६ चौका र २ छक्का प्रहार गरे ।

कप्तान रोहित पौडेलले अविजित ३५ रन बनाए । उनले २१ बल खेली ३ चौका र १ छक्का प्रहार गरे । जितसँगै नेपाल एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पनि पुगेको छ ।

नेपालले अब आइतबार हुने फाइनलमा ओमानसँग उपाधिका लागि भिडन्त गर्नेछ । नेपाल विश्वकपमा छनोट भएसँगै मुलपानी क्रिकेट मैदानमा उपस्थित दर्शकहरुले नेपाली खेलाडीको प्रसंशा गर्दै चर्को हुटिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077