Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

फैसला चित्त नबुझेको भन्दै दुई मुद्दा लिएर सर्वोच्च गयो अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग दुईवटा मुद्दा लिएर सर्वोच्च अदालत गएको छ ।

विशेष अदालत काठमाडौंले गरेको फैसलामा असन्तुष्टि जनाउँदै अख्तियार सर्वोच्च अदालत गएको हो ।

अख्तियारले सरकारी रकम बदनियतसाथ हिनामिना गरी भ्रष्टाचार गरेको आरोप लागेका ओम प्रकाश यादव, अजयकुमार यादव र अनिरुद्र मण्डलको मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको छ ।

ओम प्रकाश यादवले खाए मासेको बिगो एक लाख ३५ हजार २२९ रुपियाँ, अजय कुमार यादवलाई एक लाख ३१ हजार ३६५ रुपियाँ र प्रतिवादी अनिरुद्र मण्डललाई दुई लाख ६६ हजार ५९५ रपियाँ बिगो रकमसहित जरिवाना र कैदको सजाय हुन मागदाबी लिइएको आयोगले जनाएको छ ।

यसैगरी, नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी भ्रष्टाचार गरेको आरोपमा उर्मिला देवीमाथि गरिएको फैसला चित्त नबुझी आयोगमा पुनरावेदन गरिएको आयोगले जनाएको छ ।

प्रतिवादी उर्मिला देवीले नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा सुरु नियुक्तिको लागि पेश गरेको बिहार विद्यालय परीक्षा समिति अन्तर्गतको एसएनजी हाइ स्कुलबाट म्याट्रिक तह पास गरेको प्रमणपत्र नक्कली देखिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय हुन मागदाबी लिइएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077