Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

क्रिकेट खेलाडीको प्रोत्साहन पुरस्कार १ करोड ५७ लाख रकम अर्थले गर्‍यो निकासा

काठमाडौं । विभिन्न समयमा भएका क्रिकेट प्रतियोगिताको पूर्व घोषित नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ ।

तीन प्रतियोगिताको पूर्व घोषित एक करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा भएको हो ।

राष्ट्रिय खेलकुद परिषदका अनुसार गत वैशाख ५ देखि १८ गतेसम्म भएको एसिसी पुरूष प्रिमियर कपका लागि ७९ लाख, २०७९ फागुन १२ देखि १८ गतेसम्म भएको आइसिसी यु–१९ पुरूष सिडब्लुसी– एसिया क्वालिफायरका लागि ४६ लाख र आइसिसी सिडब्लुसी लिग– २ का लागि ३२ लाख ५० हजार रूपैयाँ नगद पुरस्कार निकासा भएको हो ।

गत वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही छ लाख र अन्य टिम अफिसियलाई जनही तीन लाख प्रोत्साहन स्वरुप उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077