Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौँको सडकपेटीमा सेनाका लेस नायक मृत फेला

काठमाडौं । काठमाडौंको सडक पेटीमा नेपाली सेनाका लेस नायक मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १३ सोल्टिमोडस्थित दरबार बैंकेटअगाडि सडक पेटीमा २६ वर्षका लेस नायक सुमन कार्की मृत अवस्थामा फेला परेका हुन् ।

गणेश दल गण जंगीअड्डा भद्रकालीका अनुसार लेस नायक कार्की जंगी अड्डा भद्रकालीमा कार्यरत थिए ।

काठमाडौँकै चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ घर भएका उनको साथमा नेपाल आर्मीको आईडी कार्ड भेटिएको छ ।

घटनास्थलको नजिकमा रहेको बिजुलीको पोलमा ‘विनोद रेष्ट इन पिस’ लेखेर टाँसिएको कागज भेटिएको छ। घटनाको विषयमा प्रहरी वृत कालीमाटीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077