Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईसीसी टी-२० विश्वकप छनोट : उपाधिका लागि नेपाल र ओमान खेल्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको उपाधिका लागि आज आइतबार नेपाल र ओमान भिड्दैछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजेदेखि सुरु हुनेछ।

फाइनल पुगेका नेपाल र ओमानले टी–२० विश्वकपमा स्थान पक्का गरेका छन्। नेपालले संयुक्त अरब ईमिरेट्स (यूएई)लाई ८ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।

यस्तै, ओमानले बहराइनलाई १० विकेटले हराएर फाइनलमा स्थान बनाएको थियो।

नेपालले समूह चरणमा ओमानसँग ५ रनले पराजित भएको थियो। सोही हारको बदला लिँदै उपाधि जित्ने लक्ष्यका साथ नेपाल मैदान उत्रिनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077