Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मदिरा सेवन गरि प्रहरीमाथि कुटपिट, दुईजना खसी कारोबारी पक्राउ

कैलाली । धनगढीमा मदिरा सेवन गरेर प्रहरीमाथि कुटपिट भएको छ ।

शनिबार राति धनगढीको राजपुर चोकमा मोटरसाइकल चेकजाँचका क्रममा भएको विवादमा खडक कुँवरसहितका दुई जनाले प्रहरीमाथि कुटपिट गरेका हुन् ।

प्रहरीले कुटपिट गरेको अभियोगमा उनीहरु दुई जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार खसीको कारोबार गर्दै आएका उनीहरूले राजपुर चोकमा प्रहरी सहायक निरीक्षक बहादुरसिंह ऐरीसहितका प्रहरीमाथि हातपात गर्दै कुटपिट गरेका थिए । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077