Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

टी–२० विश्वकप छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज बिहान ११ बजे हुने नेपाल र ओमानबीचको फाइनलमा टस जितेको हो। नेपालका कप्तान रोहित पौडेलले टस जितेर ओमानलाई बलिङको निम्तो दिएका हुन् ।

आईसीसी टी–२० विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटमा नेपाल र ओमान दुवै समूह ‘ए’मा थिए। समूह चरणमा ओमानले शतप्रतिशत जित निकाल्दा समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो।

नेपालका लागि घरेलु दर्शअघि ओमानविरुद्ध समूह चरणको हारको बदला लिँदै च्याम्पियन बन्ने मौका रहेको छ। कीर्तिपुर र मूलपानी मैदानमा सञ्चालन भएको प्रतियोगिताको समूह ‘ए’मा नेपालसँगै ओमान, सिंगापुर र मलेसिया थिए।

यस्तै समूह ‘बी’मा हङकङ, यूएई, बहराइन र कुवेत थिए। नेपालको टिममा एक परिवर्तन गरिएको छ । दीपेन्द्र सिंह ऐरीको स्थानमा सन्दीप जोरा खेल्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077