Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

भूकम्पको क्षतिको शोकमा नेपाली खेलाडीको पाखुरामा कालो पट्टी

काठमाडौं । शुक्रबार गएको भूकम्पले पुर्‍याएको क्षति र ज्यान गुमाउनेहरूको सम्झनामा त्रिवि क्रिकेट मैदानमा मौनधारण गरिएको छ।

टी-२० विश्वकप एसिया छनोटको उपाधिका लागि नेपाल र ओमान बीचको खेल सुरू हुनुपूर्व त्रिवि मैदानमा खेलाडी र दर्शकहरूले एक मिनेट मौनधारण गरेका हुन्।

भूकम्पमा परी ज्यान गुमाएकाहरूको सम्झनामा नेपाली खेलाडीले पाखुरामा कालो पट्टी बाँधेर खेलेका छन्।

यो फाइनल खेलको टिकट बिक्रीको आधा रकम भूकम्प पीडितहरुलाई दिने निर्णय यसअघि नै नेपाल क्रिकेट संघ क्यानले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077