Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओमानविरूद्ध नेपालको खराब सुरूवात, १० ओभरमा गुमायो चार विकेट

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटको उपाधिका लागि ओमानविरूद्ध ब्याटिङ गरिरहेको नेपालले चार विकेट गुमाएको छ।

१० औं ओभरसम्म पुग्दा ओपनर आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल र सन्दीप जोरा आउट भएका हुन्।

आशिफ शेख २.४ ओभरमा, जोरा ६.१ ओभरमा र कुशल भुर्तेल ७.१ ओभरमा आउट भए। ६ बल खेलेका आशिफ ६ रन बनाउँदै आउट भए।

उनी ओमानका बिलाल खानको बलिङमा काश्यप प्रजापतिबाट क्याच आउट भए। आशिफको विकेटपछि आएका जोरा १३ बल खेलेर १० रन बनाउँदै आउट भए।

उनी जिसन मक्सुदबाट बोल्ड भए। ७.१ ओभरमा अर्का ओपनर कुशल भुर्तेल आउट भए। उनी अकिब इलियासको बलमा मेरान खानबाट क्याच आउट भए।

१० औं ओभरको अन्तिम बलमा नेपालका विष्फोटक ब्याट्सम्यान  मल्ल आउट भए। अकिब इलियासले मल्ललाई बोल्ड गरेका हुन् । उनले ९ बलको सामना गर्दै ३ रन मात्रै जोड्न सके ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077