Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओमानविरूद्ध गुल्सन झाले २० बलमा हाने अर्धशतक

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटको फाइनलमा नेपालका मध्यक्रमका ब्याट्सम्यान गुल्सन झाले अर्धशतक प्रहार गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि मैदानमा गुल्सनले २० बलमा अर्धशतक प्रहार गरेका हुन् । उनले अर्धशतक प्रहार गर्न ५ चौका र ४ छक्का हिर्काए।

उनले अर्धशतक पूरा गर्दा नेपालले १६ ओभरमा ४ विकेटको क्षतिमा १२७ रन जोडेको छ।

उनले पाँचौ विकेटका लागि कप्तान रोहित पौडेलसँग अर्धशतकीय साझेदारी गरिसकेका छन्।

गुल्सन दशौं ‍ओभरमा कुशल मल्ल ३ रनमा आउट भएपछि मैदान छिरेका थिए।

फाइनलमा विष्फोटक अर्धशतक बनाउँदै गुल्शन आउट भए । ओमानका फास्ट बलर विलाल खानले उनको महत्वपूर्ण विकेट लिए ।

संकटको अवस्थामा रहेको नेपाललाई खेलमा फर्काउँदै गुल्शनले उत्कृष्ट इनिङ खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077